प्रतिनिधिसभा निर्वाचनः रास्वपा यी १२ उम्मेदवारले ल्याए ५० हजारभन्दा बढी मत - Chaitanya News
  • 2026-04-24
  • 22:19:52
  • शुक्रबार,बैशाख ११, २०८३
  • प्रतिनिधिसभा निर्वाचनः रास्वपा यी १२ उम्मेदवारले ल्याए ५० हजारभन्दा बढी मत

    प्रतिनिधिसभा निर्वाचनः रास्वपा यी १२ उम्मेदवारले ल्याए ५० हजारभन्दा बढी मत

    काठमाडौँ– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १२ जना उम्मेदवारले ५० हजार भन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्। ५० हजारभन्दा बढी मत ल्याउने सबै उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का छन्।

    सबैभन्दा बढी मत रास्वपाबाट झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ल्याएका छन्। उनले ६८ हजार ३४८ मत ल्याएर निर्वाचित भए। दोस्रो बढी मत निवर्तमान उपसभामुखसमेत रहेकी इन्दिरा राना मगरले ल्याइन् । झापा–२ बाट उम्मेदवार बनेकी रानाले ६० हजार ११० मत ल्याएर निर्वाचित भइन् ।

    तेस्रो बढी मत सोविता गौतमले ल्याइन् । चितवन–३ बाट उम्मेदवार बनेकी गौतमले ५९हजार २७७ मत ल्याएर निर्वाचित भइन् ।चौथो बढी मत डा. लेखजंग थापाले ल्याएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । रूपन्देही–३ बाट उम्मेदवार बनेका डा। थापाले ५८ हजार ८१४ मत ल्याएर निर्वाचित भएका छन् ।

    पाँचौँ बढी मत हरि ढकालले ल्याए । चितवन–१ बाट उम्मेदवार बनेका ढकालले ५८ हजार २०८ मत ल्याए । छैटौँ बढी मत लाल विक्रम थापाले ल्याए । सुनसरी–२ बाट उम्मेदवार बनेका थापाले ५७ हजार ३४८ मत ल्याएर निर्वाचित भए ।

    सातौँ बढी मत सुलभ खरेलले ल्याए । रूपन्देही–२ बाट उम्मेदवार बनेका खरेलले ५६ हजार ५५० मत ल्याएर निर्वाचित भए । आठौँ बढी मत रुबिना आचार्यले ल्याइन् । मोरङ–६ बाट उम्मेदवार बनेकी आचार्यले ५५ हजार ५१३ मत ल्याएर निर्वाचित भइन् ।

    नवौँ बढी मत सुनिल लम्सालले ल्याए । रूपन्देही–१ बाट उम्मेदवार बनेका लम्सालले ५४ हजार ८४५ मत ल्याएर निर्वाचित भए । दशौँ बढी मत रवि लामिछानेले ल्याए । चितवन–२ बाट उम्मेदवार बनेका लामिछानेले ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भए ।

    एघारौँ बढी मत बदन कुमार भण्डारीले ल्याए । काभ्रेपलाञ्चोक–२ बाट उम्मेदवार बनेका भण्डारीले ५३ हजार ३४४ मत ल्याएर निर्वाचित भए । बाह्रौँ बढी मत राजन गौतमले ल्याए । नवलपुर–१ बाट उम्मेदवार बनेका गौतमले ५० हजार ९४५ मत ल्याएर निर्वाचित भए ।