काठमाडौँ– हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ४४ हजार ४२५ मतगणना भएको छ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख १५ हजार ५१०, नेपाली काँग्रेसले १६ लाख ९५ हजार ३९८, नेकपा (एमाले) ले १४ लाख १३ हजार १६७, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६८ हजार ५६२ र श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४८६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २५ हजार ३९१ मत प्राप्त गरेका छन्।