काठमाडौँ– गत बिहिबार) सम्पन्न प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ।
समानुपातिकतर्फ कुल एक करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो। गणना भएको मतको यो ४७.९१ प्रतिशत हो।
यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गर्दै दोस्रो स्थान कायमै राखेको छ। कांग्रेसले समानुपातिकतर्फ १६.२५ प्रतिशत मत प्राप्त गरेको छ।
नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मत अर्थात् १३.५५ प्रतिशत मतसहित तेस्रो स्थान ओगटेको छ।
नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ। यो कुल गणना भएको सदर मतको ७.३६ प्रतिशत हो।
श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ मत प्राप्त गरेको छ। उसले समानुपातिकमा अहिलेसम्म ३.४४ प्रतिशत मत पाएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८८१ मतसहित ३.१२ प्रतिशत मत पाएको छ।