काठमाडौँ– गत बिहिबार) सम्पन्न भएको प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रको मत परिणाम आउँदा समानुपातिकतर्फ पनि गणना अन्तिमतिर पुगेको छ। निर्वाचन आयोगका अनुसार अब १३ निर्वाचन क्षेत्रको मात्रै मतगणना बाँकी छ र गणना भइरहेको छ।
प्रत्यक्षतर्फको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १ सय २५, नेपाली काँग्रेस १८, नेकपा एमाले ९, नेकपा ८, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा निर्वाचित भइसकेका छन्।
समानुपातिक तर्फ बिहान ९स्२५ बजेसम्ममा १ करोड ३ लाख ८० हजार ०३१ मतगणना भइसकेको छ।
निर्वाचन आयोगले प्रेषित गरेको विवरण अनुसार, १३ निर्वाचन क्षेत्रको मत परिणाम आउन बाँकी छ। कोशी प्रदेशको इलाम १, सुनसरी २, भोजपुर १, ओखलढुंगा, संखुवासभाको समानुपातिकको मतगणना भइरहेको छ।
यस्तै, मधेश प्रदेशमा धनुषा १ र २, महोत्तरी(४ र सप्तरी १ को मतगणना भइरहेको छ। यस्तै, गण्डकी प्रदेशमा गोरखा १ र २ को मतगणना जारी छ । यस्तै, लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम १ र बर्दिया २ को मतगणना भइरहेको छ।