प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख मत कट्यो - Chaitanya News
  • 2026-04-25
  • 01:25:00
  • शुक्रबार,बैशाख ११, २०८३
  • प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख मत कट्यो

    प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख मत कट्यो

    काठमाडौं– प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख मत कटाएको छ ।

    ८८ लाख ४८ हजार १४८ मत गणना हुँदा श्रम संस्कृतिको तीन लाख आठ हजार ६५६ मत पुगेको छ । यो गणना भएको मतको करिब साढे तीन प्रतिशत हो ।

    समानुपातिक तर्फ सिट प्राप्त गर्न कुल सदर मतको तीन प्रतिशत भन्दा बढी मत ल्याउनु पर्दछ ।

    श्रम संस्कृतिलाई पछ्याइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ९० हजार ७१ मत पाएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको ४२ लाख, नेपाली कांग्रेसको १४ लाख, नेकपा एमालेको १२ र नेपाली कम्युनिष्ट पार्टीको ६ लाख भन्दा बढी मत आइसकेको छ ।

    प्रत्यक्षमा श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ, आरेन राई र ध्रुवराज राई निर्वाचित भइसकेका छन् ।

    इलाम–१ मा श्रम संस्कृतिका उम्मेदवार दोस्रो स्थानमा छन् ।