कठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन्। उनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन्।
उनले दुई वा सवारी साधन भाडा १२ दिनको दरले २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्। यो खर्च इन्धनसहितको रहेको विवरणमा उल्लेख छ।
पाँच पटकको हवाई भाडामा ३५ हजार र मतदाता प्रशिक्षण कार्यक्रम खाजा खर्च २८ हजार ९७० खर्च भएको विवरणमा उल्लेख छ।
![]()