काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रोल्पामा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ।
शनिबार रातिदेखि सुरु भएको समानुपातिक मतगणना आइतबार राति सम्पन्न भएको मुख्य निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको ह ।
आइतबार राति सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम अनुसार रोल्पा निर्वाचन क्षेत्र–१ मा नेपाली कम्युनिष्ट पार्टी समानुपातिकमा पहिलो बनेको छ।
निर्वाचन कार्यालयका अनुसार रोल्पा–१ मा नेपाली कम्युनिष्ट पार्टीले २५ हजार ६२ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ हजार ६३८ मत प्राप्त गर्दै दोस्रो भएको छ । नेपाली काँग्रेसले ११ हजार ४९९ मत र नेकपा एमालेले १० हजार ९ मत पाएको छ ।
रोल्पा–१ मा कुल १ लाख ५० हजार ७४९ मतदाता रहेकोमा समानुपातिकतर्फ ७० हजार १५४ जनाले मतदान गरेका थिए । जसमा ६७ हजार ५७६ मत सदर भएको र २ हजार ५७८ मत बदर भए ।
यस क्षेत्रबाट प्रत्यक्षतर्फ नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार वर्षमान पुन अनन्त निर्वाचित भएका छन् ।