प्रतिनिधि सभा निर्वाचन: हालसम्म १६१ क्षेत्रको मतगणना सार्वजनिक - Chaitanya News
  • 2026-04-25
  • 01:39:37
  • शुक्रबार,बैशाख ११, २०८३
  • प्रतिनिधि सभा निर्वाचन: हालसम्म १६१ क्षेत्रको मतगणना सार्वजनिक

    प्रतिनिधि सभा निर्वाचन: हालसम्म १६१ क्षेत्रको मतगणना सार्वजनिक

    काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ।

    निर्वाचन आयोगबाट आज विहान ६ बजे प्राप्त तथ्याङक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ। जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ ।

    नेपाली काँग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ ।

    नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन्।