निर्वाचन अपडेट: शीर्ष नेताहरू को कहाँ कति अगाडि–पछाडि छन् ? - Chaitanya News
  • 2026-04-25
  • 12:33:05
  • शनिबार,बैशाख १२, २०८३
  • निर्वाचन अपडेट: शीर्ष नेताहरू को कहाँ कति अगाडि–पछाडि छन् ?

    निर्वाचन अपडेट: शीर्ष नेताहरू को कहाँ कति अगाडि–पछाडि छन् ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ निन्तर अगाडि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार रवि लामिछाने ३२६५ मत ल्याएर अग्रता लिइरहेका छन् भने एमालेका अस्मिन घिमिरे १५१९ मतसहित पछ्याइरहेका छन् ।

    झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पछि पारिरहेका छन् । पछिल्लो मत परिणाम अनुसार बालेनले १ हजार ४ सय ७८ मत प्राप्त गर्दा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन् ।

    रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् । प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मतका साथ पछ्याइरहेका छन् ।

    नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको सार्लही क्षेत्र नम्बर ४ मा मतगण्ना सुरु भएको छैन । नेकपा एमालेका महासचिव शंकर पोखरेल उम्मेदवार रहेको दाङ २ मा मतगणना सुरु हुन बाँकी छ ।

    रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डिपी) पनि अगाडि छन् । उनी काठमाडौं ९ बाट उम्मेदवार छन् ।

    रास्वपाका उपसभापति स्वर्णिम वाग्ले तनहुँ १ मा अग्रता लिइरहेका छन् । वाग्लेले १३५२ मत पाउँदा कांग्रेसका गोविन्द भट्टराई ५९० मत ल्याएर पछ्याइरहेका छन् ।

    काठमाडौं–५ मा ईश्वर पोखरेल प्रारम्भिक मतगण्नामा तेस्रो स्थानमा रहेका छन् । रास्वपाका सस्मित पोखरेलले ३७०० मत पाउँदा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १०७८ मत पाएका छन् भने इश्वर पोखरेलको ६९९ मत रहेको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ बाट उम्मेदवार छन् । यो क्षेत्रमा मतगण्ना सुरु हुन बाँकी छ ।