निर्वाचन परिणामपछि प्रधानमन्त्री बन्ने ओलीको विश्वास - Chaitanya News
  • 2026-04-26
  • 02:38:47
  • शनिबार,बैशाख १२, २०८३
  • निर्वाचन परिणामपछि प्रधानमन्त्री बन्ने ओलीको विश्वास

    निर्वाचन परिणामपछि प्रधानमन्त्री बन्ने ओलीको विश्वास

    काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन परिणामपछि आफू प्रधानमन्त्री बन्ने विश्वास व्यक्त गरेका छन्।

    भक्तपुरको बालकोटस्थित मतदान केन्द्रमा मताधिकार प्रयोग गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो दलले चुनावमा उल्लेखनीय सफलता प्राप्त गर्ने दाबी गरे। उनका अनुसार एमालेले सम्भव भएसम्म स्पष्ट बहुमत हासिल गर्ने लक्ष्य राखेको छ।

    ओलीले बहुमत प्राप्त नभए पनि एमाले प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल बन्नेमा आफू विश्वस्त रहेको बताएका छन्। उनले आफ्नो दल पहिलो शक्ति बन्नेमा कुनै शंका नरहेको उल्लेख गरे।

    पत्रकारहरूले निर्वाचनपछि प्रधानमन्त्री बन्ने सम्भावनाबारे प्रश्न गर्दा उनले पार्टीले आफूलाई त्यस भूमिकाका लागि अघि सारेको बताएका थिए। पार्टीको निर्णय र जनमतका आधारमा त्यसबारे अन्तिम निर्णय हुने उनको भनाइ थियो।

    यसै क्रममा उनले आफूले मतदान गरेको क्षेत्रमा एमाले उम्मेदवार महेश बस्नेत को विजय निश्चित रहेको दाबीसमेत गरेका छन्।