अमेरिकी फुटबल स्टार डमार ह्यामलिनलाई मैदानमै हृदयाघात, अवस्था चिन्ताजनक - Chaitanya News
  • 2026-09-15
  • 12:29:55
  • मंगलबार,भाद्र ३०, २०८३
  • अमेरिकी फुटबल स्टार डमार ह्यामलिनलाई मैदानमै हृदयाघात, अवस्था चिन्ताजनक

    अमेरिकी फुटबल स्टार डमार ह्यामलिनलाई मैदानमै हृदयाघात, अवस्था चिन्ताजनक

    काठमाडौं– अमेरिकी फुटबल स्टार डमार ह्यामलिन युएस नेशनल फुटबल लिग (एनएफएल) को खेलमा विपक्षी टोलीका खेलाडीसँग ठोक्किएपछि मैदानमा लडेका छन्। त्यसपछि उनलाई हृदयाघात भयो र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

    २४ वर्षका ह्यामलिन द बफेलो बिल्सका लागि खेल्छन्। उनीहरुको खेल सिनसिनाटी बेङ्गल्सविरुद्ध थियो।

    खेलको पहिलो क्वार्टरमा ठक्कर लागेको थियो। समाचार एजेन्सी एएफपीका अनुसार उनलाई पहिलो ३० मिनेट मैदानमै उपचार दिइएको थियो। पछि स्थानीय अस्पतालमा भर्ना गरियो। घटनाको एक घण्टापछि एनएफएलले खेल स्थगित गर्यो।