रुकुम पूर्वमा उत्साहजनक मतदानः हालसम्म २१ प्रतिशत मत खस्यो - Chaitanya News
  • 2026-04-27
  • 05:35:47
  • आइतबार,बैशाख १३, २०८३
  • रुकुम पूर्वमा उत्साहजनक मतदानः हालसम्म २१ प्रतिशत मत खस्यो

    रुकुम पूर्वमा उत्साहजनक मतदानः हालसम्म २१ प्रतिशत मत खस्यो

    रुकुमपूर्व– प्रतिनिधिसभा सदस्यका लागि बिहीबार जारी निर्वाचनमा लुम्बिनीको एउटा मात्रै हिमाली जिल्ला रुकुमपूर्वमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

    ​मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ९स्१५ बजेसम्म जिल्लाभर ३ हजार ६ सय ९५ मत खसेको छ । यो कुल मतदाता संख्याको २१।२४ प्रतिशत हो । ५७ वटा मतदान स्थल रहेको रुकुम पूर्वका सबै केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो ।

    प्रारम्भिक तथ्यांकअनुसार बिहानको समयमा महिलाको तुलनामा पुरुष मतदाताको संख्या केही बढी देखिएको छ । ९स्१५ सम्म १ हजार ९ सय ६८ पुरुष र १ हजार ७ सय २७ महिलाले मतदान गरिसकेका छन् ।

    ​कुन पालिका कति खस्यो मत ?

    जिल्लाका तीनवटै स्थानीय तहमध्ये सिस्ने गाउँपालिकामा सबैभन्दा बढी मत खसेको छ । ​सिस्ने गाउँपालिकास् १ हजार ४ सय ६ मत खसेको छ । यस्तै ​पुथा उत्तरगंगा गाउँपालिकास् १ हजार १ सय ५८ मत र ​भूमे गाउँपालिकामा १ हजार १ सय ३१ मत खसेको छ।

    ​भौगोलिक रूपमा विकट र चिसो मौसम भए तापनि मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा लाइन लागेका छन् । “सबै मतदान स्थलमा मतदान प्रक्रिया शान्तिपूर्ण र सुचारु रूपमा अघि बढिरहेको छ,” जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    ​रुकुम पूर्वमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ भने सुरक्षा निकायले मतदान स्थलको संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरेको छ ।