लुम्बिनीले दियो जनकपुरलाई १७९ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-05
  • 08:08:24
  • शुक्रबार,जेठ २२, २०८३
  • लुम्बिनीले दियो जनकपुरलाई १७९ रनको लक्ष्य

    लुम्बिनीले दियो जनकपुरलाई १७९ रनको लक्ष्य

    काठमाडौं– ओपनर हर्मित सिंहको उत्कृष्ट ब्याटिङमा लुम्बिनी अलस्टार्सले जारी नेपाल टी–२० लिगमा जनकपुर रोयल्सलाई १७९ रनको लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७८ रनको योगफल तयार पारेको छ।

    लुम्बिनीका ओपनर हर्मित सिंहले सर्वाधिक ७३ रनको इनिङ खेले । उनले ४७ बलमा ५ चौका र ६ छक्का प्रहार गरेर आउट भएका थिए। लाहिरु मिलान्था ३२ बलमा दुई चौका र दुई छक्कासहित ३३ रन बनाएर पभेलियन फर्किएका थिए। कुशल भुर्तेल १७ रनमा आउट हुँदा कप्तान दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए। ह्यारी टेक्टर १८ रनमा अविजित रहे।

    जनकपुरको बलिङमा शराफुदिन असरर्फले तीन ओभरमा ३५ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए। सामिउल्लाह सिनवारी, ललितनारायण राजवंशी र जितेन्द्र मुखियाले एकएक विकेट लिए।

    जारी प्रतियोगितामा ७ खेल खेलेको लुम्बिनी ६ जीत र एक हारसहित तीन खेलअगावै प्लेअफमा पुगिसकेको छ। जनकपुर ७ खेलमा ५ जीत र दुई हारसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ।