‘मतपेटिका साटिने हल्ला निराधार र भ्रामक’ : निर्वाचन आयोग - Chaitanya News
  • 2026-04-26
  • 06:45:21
  • आइतबार,बैशाख १३, २०८३
  • ‘मतपेटिका साटिने हल्ला निराधार र भ्रामक’ : निर्वाचन आयोग

    ‘मतपेटिका साटिने हल्ला निराधार र भ्रामक’ : निर्वाचन आयोग

    काठमाडौँ– निर्वाचन आयोगले मतपेटिका साटिने भनी चलाइएका हल्लाहरू पूर्णतः निराधार र भ्रामक रहेको बताएका छन्।

    आज (बुधवार) आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिकाको सुरक्षामा कुनै पनि सम्झौता नहुने बताए।

    परम्परागत रूपमै त्रिस्तरीय सुरक्षा घेराभित्र मतपेटिका राखिने उनको भनाइ छ। उनले मतदान सम्पन्न भएपछि राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूको रोहवरमा मतपेटिका सिल गरिने र त्यसमा प्रतिनिधिहरूको आफ्नै चिह्न अंकित लाहाछाप लगाइने जानकारी दिए।

    मतपेटिका सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी रहने पुरानै व्यवस्था कायम रहेको उनले जानकारी दिए।

    दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन नेपाली सेनाको भरपर्दो र सुरक्षित हेलिकोप्टर प्रयोग गर्न लागिएको भन्दै उनले सेनाले छुट्टै मतपेटिका ल्याउने भन्ने हल्लामा विश्वास नगर्न आग्रह गरेका छन्।