नेपाल प्रहरीको लिखित परीक्षामा अनियमितता गर्ने १० जनाको परीक्षा रद्द, यी हुन् परीक्षामा अनियमितता गर्नेहरू - Chaitanya News
  • 2026-04-26
  • 08:30:33
  • आइतबार,बैशाख १३, २०८३
  • नेपाल प्रहरीको लिखित परीक्षामा अनियमितता गर्ने १० जनाको परीक्षा रद्द, यी हुन् परीक्षामा अनियमितता गर्नेहरू

    नेपाल प्रहरीको लिखित परीक्षामा अनियमितता गर्ने १० जनाको परीक्षा रद्द, यी हुन् परीक्षामा अनियमितता गर्नेहरू

    काठमाडौँ– नेपाल प्रहरीको लिखित परीक्षामा अनियमितता गर्ने १० जना उम्मेदवारको परीक्षा रद्द गरिएको छ। साथै उनीहरूलाई आयोगबाट लिइने कुनै पनि परीक्षामा आगामी तीन वर्षसम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाइएको जनाएको छ।

    लोक सेवा आयोगले नेपाल प्रहरीको विज्ञापन नं. ०१–०८२–८३ (खुला तथा समावेशी), प्रहरी जवान (जनपद) पदको लोक सेवा आयोग, सुर्खेत कार्यालयबाट माघ १७ गते सञ्चालन भएको लिखित परीक्षामा १० जना उम्मेदवार तथा नक्कली परीक्षार्थीहरूले लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१(१)(घ) बमोजिम अनियमित कार्य गरेको पाइएको आयोगले जनाएको छ।

    सोही ऐनको दफा ४१(२)(घ) बमोजिम उनीहरूको परीक्षा रद्द गर्नुका साथै सम्बन्धित सबै उम्मेदवार तथा नक्कली परीक्षार्थीलाई आयोगबाट लिइने कुनै पनि परीक्षामा आगामी तीन वर्षसम्म उम्मेदवार हुन नपाउने गरी प्रतिबन्ध लगाइएको जनाइएको छ।