लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-04-25
  • 17:23:12
  • शनिबार,बैशाख १२, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (विषयगत प्रश्नोत्तर)

    • वैदेशिक रोजगारिको परिचय दिंदै नेपालको सन्दर्भमा वैदेशिक रोजगारिका मुख्य कारणहरुको उल्लेख गर्नुहोस् | (२+३)
    • वैदेशिक रोजगारि

    वैदेशिक रोजगारी भन्नाले आफ्नो देशको सिमानाभन्दा बाहिर, अर्को कुनै देशमा गएर आर्थिक उपार्जनका लागि गरिने शारीरिक वा मानसिक श्रमलाई बुझिन्छ । यो जीविकोपार्जनका लागि सिमित समयका लागि आधिकारिक रूपमा अर्को देशमा काम गर्ने प्रक्रिया हो । यसले व्यक्तिगत आम्दानी बढाउन, परिवारको आर्थिक स्तर सुधार गर्न र विप्रेषण (Remittance) मार्फत देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँछ । वैदेशिक रोजगारी नेपालको सन्दर्भमा बढि बाध्यता र कम रहरको रुपमा रहेको देखिन्छ ।

    • नेपालको सन्दर्भमा वैदेशिक रोजगारिका मुख्य कारणहरु
    • स्वदेशमा पर्याप्त रोजगारीको अभाव:नेपालमा वार्षिक रूपमा श्रम बजारमा आउने युवायुवतीको संख्याको तुलनामा स्वदेशमा रोजगारीका अवसरहरू ज्यादै न्यून छन्, जसले गर्दा युवाहरू विदेश जान बाध्य हुन्छन् ।
    • आन्तरिक रोजगारिमा रहेको न्यून पारिश्रमिक:स्वदेशमा गरिने कामबाट उचित कमाइ नहुने र जीवनयापन सहज नहुने हुँदा बढी आम्दानीको खोजीमा विदेश जाने प्रवृत्ति बढेको छ ।
    • गरिबी र ऋणको बोझ:आर्थिक विपन्नता, ऋण तिर्नुपर्ने दबाब र परिवारको गुजारा चलाउन रेमिट्यान्सको आवश्यकताले मानिसहरूलाई वैदेशिक रोजगारीतर्फ धकेल्छ ।
    • सीपमुलक र प्राविधिक शिक्षाको कमी:अदक्ष कामदारहरूको वर्चस्व रहेको र स्वदेशमा सीपमूलक रोजगारीको कमीका कारण पनि युवाहरू कम दक्ष कामदारका रूपमा विदेशिन बाध्य छन् ।
    • गुणस्तरीय जीवनशैलीको चाहना:राम्रो शिक्षा, स्वास्थ्य र समृद्ध जीवनको चाहनाले वैदेशिक रोजगारीलाई एक आकर्षक विकल्पका रूपमा स्थापित गरेको छ ।
    • आर्थिक अवसर र रेमिट्यान्सको आकर्षण
    • परम्परागत कृषि पेशामा युवाको विकर्षण
    • जीवनका रंगिन सपनाहरु पुरा गर्ने रहर ।
    • विकास योजना भनेको के हो ? कोशि प्रदेशको दोस्रो आवधिक योजनाका मुख्य कार्यक्रमहरुको सम्बन्धमा चर्चा गर्नुहोस् | (१+४)

    सम्वृध्द नेपाल र सुखी नेपालीको लक्ष्य पुरा गर्ने खाका

    • विकास योजना

    विकास योजना भन्नाले निश्चित अवधिभित्र आर्थिक, सामाजिक र भौतिक लक्ष्यहरू हासिल गर्न स्रोत-साधनको उचित व्यवस्था सहित तर्जुमा गरिएको पूर्व-निर्धारित कार्ययोजना वा खाका हो । यसले राज्यको सीमित स्रोतको अधिकतम उपयोग गरी सन्तुलित र व्यवस्थित विकास सुनिश्चित गर्दछ । यो लक्ष्य, रणनीति, कार्यक्रम र परिणामहरू समेटिएको एक आधिकारिक दस्तावेज हो, जसमा दीर्धकालीन, मध्यकालीन र वार्षिक योजनाहरू समावेश हुन्छन् ।

    • कोशि प्रदेशको दोस्रो आवधिक योजनाका मुख्य कार्यक्रमहरु
    • स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्नेलक्ष्य
    • त्यसैगरी आर्थिक वर्ष २०८५/८६ सम्ममा गरिबीको रेखामुनी रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । योजना लागु हुने वर्षमा १० प्रतिशत रहेको बेरोजगारीको दरलाई आर्थिक वर्ष २०८५/८६ सम्ममा ५.४ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।
    • त्यसैगरी आर्थिक वर्ष २०८५/०८६ सम्ममा साक्षरता दर ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ भने श्रमशक्ति सहभागिता दर ६० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । लैङ्गिक विकासको सूचांक ०.९२ पुर्‍याउने लक्ष्य राखिएको छ भने मानव विकासको सूचांक ०.६२ पुर्‍याउने लक्ष्य छ ।
    • आवधिक योजनामा डिजिटल साक्षरता ९० प्रतिशत पुर्‍याउने अनुमान गरिएको छ भने विद्युत् उत्पादन २२०० मेगावाट अनुमान गरिएको छ ।
    • वित्तीय साक्षरता कार्यक्रम
    • एक घर एक धारा
    • स्वस्थ माटोस्वच्छ बाली” अभियान
    • वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम” 
    • वृद्धवृद्धा तथा असहायसँग स्वास्थ्य कार्यक्रम
    • कोशी प्रदेश घुम्ती स्वास्थ्य शिविर कार्यक्रम
    • सडक मानवमुक्त प्रदेशनिर्माणको अभियान
    • प्रकृति र संस्कृतिपर्यटनमार्फत समुन्नति
    • पदमार्गमा आधारित पर्यटन विकास कार्यक्रम
    • प्रादेशिक सडक सञ्चालनगुरुयोजना