निर्वाचन सुरक्षाका लागि दार्चुलामा ८ सय ५६ जना कर्मचारी खटाइए - Chaitanya News
  • 2026-04-25
  • 21:15:40
  • शनिबार,बैशाख १२, २०८३
  • निर्वाचन सुरक्षाका लागि दार्चुलामा ८ सय ५६ जना कर्मचारी खटाइए

    निर्वाचन सुरक्षाका लागि दार्चुलामा ८ सय ५६ जना कर्मचारी खटाइए

    काठमाडौँ– आसन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि दार्चुलामा तीन वटै सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन्।

    जिल्लामा ११२ मतदान स्थल र १४३ मतदान केन्द्र छन्। ती स्थलको अनुगमन तथा त्यस ठाउँका नागरिकलाई सुरक्षाको प्रत्याभूतिका लागि संयुक्त सुरक्षा गस्ती सुरु गरिएको दार्चुला प्रशासनले जनाएको छ।

    उनका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती परिचालन गरिएको छ।

    उनीहरूले हरेक ठाउँमा नियमित चेकजाँच, इजाजत प्राप्त हतियारहरूको संकलन, अवैध मदिरा नियन्त्रणको लागि बजार पसल अनुगमन, अवैध मदिरा बरामद गरी नष्ट तथा मतदानस्थलहरुको नियमित रूपमा अनुगमन भइरहेको बताइएको छ।

    जिल्लाभरि सुरक्षाको अवस्थाको निरन्तर मूल्यांकन तथा निरीक्षणको काम चलिरहेको छ।

    फागुन २१ गते हुने निर्वाचनका लागि दार्चुलामा ८ सय ५६ जना कर्मचारी खटाइएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा निर्वाचनका लागि खटिने कर्मचारीहरूको अन्तिम सूची प्रकाशन गरेको छ।