शाखा अधिकृत पदको प्रथम पत्रको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-02-22
  • 04:32:11
  • शनिबार,फाल्गुण ०९, २०८२
  • शाखा अधिकृत पदको प्रथम पत्रको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    शाखा अधिकृत पदको प्रथम पत्रको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– शाखा अधिकृत वा सो सरह पदको प्रथम पत्रको नतिजा सार्वजनिक भएको छ। आज (मंगलबार) लोक सेवा आयोगको केन्द्रिय कार्यलयले एक सूचना जारी गरी आयोगले प्रथम पत्रको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो।

    मिति २०८२.१०.२४ मा सञ्चालन गरेको एकीकृत परीक्षा अन्तर्गत राजपत्रांकीत तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षामा सहभागी २३४८८ जना उम्मेदवारमध्ये ७ हजार ९ सय ८ उम्मेदवारहरू द्वितीय चरणको परीक्षाका लागि छनौट भएका छन्।