1. रुसका राष्ट्रपति भ्लादिमिर पुटिनद्धारा भारतको औपचारिक भ्रमण कहिले भएको हो ?
A. सन् २०२५ मार्च १ – ५ B. सन् २०२५ अप्रिल ३- ५
C. सन् २०२५ नोभेम्बर ४ – ५ D. सन् २०२५ डिसेम्बर ४ – ५
2. सार्वभौम साख मूल्यांकन २०२५ मा नेपालले कुन रेटिङ प्राप्त गरेको छ ?
A) BBB+ B) BA C) BB- D) CCC+
3. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
a. देउकी प्रथा 1. हिमाली भेगमा प्रचलित
b. झुमा प्रथा 2. मुगु जिल्लामा प्रचलित
c. घोडाभेडा प्रथा 3. डोल्पामा प्रचलित
d. खुला प्रथा 4. बैतडीमा प्रतलित
A) a4,b1,c2,d3 B) a3,b4,c1,d2 C) a1,b2,c3,d4 D) a4,b2,c3,d1
4. पृथ्वीनारायण शाहले वसन्तपुरबाट कहिले देखि राज्य सञ्चालन गरेका थिए ?
A. वि.सं. १८२६ पुष ०१ B. वि.सं. १८२६ भदौँ ०१
C. वि.सं. १८२६ अशोज ०१ D. वि.सं. १८२६ मंसिर ०१
5. म्याग्नाकार्टामा अनूसूची बाहेक कति धारा रहेका छन् ?
A. ५७ धारा B. ६३ धारा C. ६५ धारा D. ६० धारा
6. जोडा मिलान गरि कोडबाट सहि विकल्प छनौट गर्नुहोस् ।
a. लेकाली हावापानी – ३३५० मिटर देखि ५००० मिटरसम्म
b. ठण्डा समशितोष्ण हावापानी – २१०० मिटरदेखि ३३५० मिटरसम्म
c. हिमाली हावापानी – ५००० मिटर भन्दा माथिको उचाई
d. उष्णमनसुनी हावापानी – १२०० मिटरसम्मको उचाई
A) a र b मात्र ठिक B) b र c मात्र ठिक C) c र d मात्र ठिक D) सबै ठिक
7. The Trans – Himalayan Multi Dimensional Connectivity Networkतलका मध्ये कुन कुन देशहरु बीचको आर्थिक करिडोर हो ?
A. चीन र भुटान B. चीन र म्यानमार C. चीन र भारत D. चीन र नेपाल
8. नेपालको पहिलो कमलरी मुक्त जिल्ला कुन हो ?
A. दाङ B. कैलाली C. डोटी D. सुर्खेत
9. तलका मध्ये कुन कुन तथ्य CITES सँग सम्बन्धित छ ?
१. लोप हुन लागेका खतरामा परेका वन्यजन्तुको संरक्षण सम्बन्धि महासन्धि
२. सन् १९६६ देखि रेड डाटा बुक प्रकाशन
३. प्रधान कार्यालय स्वीट्जरल्याण्डको ग्ल्याण्डमा रहेको
A. १ र ३ मात्र B. १ मात्र C. २ र ३ D. माथिका सबै
10. अन्टार्कटिका महादेशको सबैभन्दा ठूलो ताल कुन हो ?
A. बैकाल ताल B. आईरा ताल C. भिक्टोरिया ताल D. भोस्तोक ताल
11. सरकारले घरजग्गा कारोबार गर्न इजाजत पत्र अनिवार्य गर्ने निर्णय कहिले गरेको हो ?
A. वि.सं. २०८२ असोज ९ B. वि.सं. २०८२ मंसिर ९
C. वि.सं. २०८२ कात्र्तिक ९ D. वि.सं. २०८२ भदौं ९
12.UNO विशिष्टिकृत संस्थाहरुको बारेमा UNO को वडापत्रको कुन धारामा व्यवस्था गरिएको छ ?
A. ५४ धारा B. ५५ धारा C. ५६ धारा D. ५७ धारा
13. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. Father of Chemistry भनी Robert Boyle चिनिन्छ ।
२. प्रकाशबारे अध्ययन गर्ने विज्ञानलाई Opticsभनिन्छ ।
३. प्रकाशको तिब्रता नाप्ने यन्त्रलाई फोटोमिटर भनिन्छ ।
A. १ र २ मात्र सहि B. सबै सहि C. २ र ३ मात्र सहि D. सबै गलत
14. तलका जोडा मध्य कुन गलत छ ?
A. UNO को प्रमुख प्रशासनिक अंग – सचिवालय B. UNO को प्रथम महासचिव – ट्रिग्वेली
C. UNO को वडापत्रमा संशोधन – ६ पटक D. FAO को प्रधान कार्यालय – इटलीको रोम
15. वातावरण सम्बन्धी पुरस्कार Global 500 पाउने पहिलो नेपाली को हुन् ?
A. प्रकाश चन्द्र लोहनी B. सत्यमोहन जोशी C. डा.मुकेश चालिसे D. डा. कृष्ण कुमार पण्डे
16. नेपालको तर्फबाट ‘Comprehensive Nuclear Ban Treaty’ मा कसले हस्ताक्षर गरेका थिए ?
A. गिरिजा प्रसाद कोईरला B. मनमोहन अधिकारी C. प्रकाशचन्द्र लोहनी D. महेश आचार्य
17. नेपाल र माल्दिभ्स बीचको समय कति फरक छ ?
A. ३० मिनेट B. ४५ मिनेट C. १ घण्टा D. १ घण्टा ०५ मिनेट
18. जोडा मिलान गरि कोडबाट सहि विकल्प छान्नुहोस् ।
आविष्कार आविष्कारक
a. ईलेक्ट्रिक मोटर 1. आर गेटलिङ
b. राडर 2. निकोला तेसला
c. मेसिन गन 3. अल्फ्रेड वनहार्ड नोबेल
d. डाईनामाईट 4. सर रवर्ट वाट्सन
A) a2,b1,c3,d4 B) a1,b2,c3,d4
C) a2,b4,c1,d3 D) a4,b3,c1,d2
19.MAKE – ETIS निम्न मध्ये कुन सँग सम्बन्धित रहेको छ ?
A. बाघ अवैध सिकार नियन्त्रण B. अन्तरिक्ष-यान
C. हात्तिको अवैध सिकार नियन्त्रण D. बाढी,भुक्षय नियन्त्रण
20. सन् १९७५- १७८३ सम्म भएको सप्तवर्षिय युद्ध कुन कुन मुलुक बिच भएको थियो ?
A. बेलायत र फ्रान्स B. बेलायत र जर्मनी C. फ्रान्स र जर्मनी D. फ्रान्स र रुस
उत्तरः
1. D 11. A
2. C 12. D
3. A 13. B
4. D 14. C
5. B 15. D
6. D 16. C
7. D 17. B
8. A 18. C
9. B 19. C
10. D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100