घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब नौ लाख बढी राजस्व संकलन - Chaitanya News
  • 2026-04-27
  • 08:27:13
  • सोमबार,बैशाख १४, २०८३
  • घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब नौ लाख बढी राजस्व संकलन

    घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब नौ लाख बढी राजस्व संकलन

    काठमाडौँ– गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको छ। विभागका अनुसार, गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो।

    देशभरको मालपोतको राजस्व संकलन लगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन। विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ। गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको सङ्ख्यामा केही बढोत्तरी भएको छ।

    विभागका अनुसार गत माघमा सेवा करबापत रु ३१ करोड ५८ लाख ७२ हजार ४८८, रजिस्टे«सन दस्तुर रु दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ संकलन भएको थियो। त्यसैगरी पुँजीगत लाभकरबापत रु एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ संकलन भएको विभागले जनाएको छ।