टी–२० विश्वकपः दोस्रो खेलमा नेपाल इटलीसँग भिड्दै - Chaitanya News
  • 2026-06-17
  • 18:39:29
  • बुधबार,आषाढ ०३, २०८३
  • टी–२० विश्वकपः दोस्रो खेलमा नेपाल इटलीसँग भिड्दै

    टी–२० विश्वकपः दोस्रो खेलमा नेपाल इटलीसँग भिड्दै

    मुम्बई– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालआज अर्को एसोसियट राष्ट्र इटलीसँग भिड्दै छ।

    समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा हुनेछ।

    नेपाल र इटली दुवै टोली पहिलो खेलमा पराजित भएका थिए। नेपाल इंग्ल्यान्डसँग तथा इटली स्कटल्यान्डसँग पराजित भएको थियो। दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन्।

    नेपाल र इटली १३ वर्षपछि फरक फर्म्याटमा भिड्न लागेका हुन्। सन् २०१३ को आईसीसी डिभिजन ३ मा नेपालले इटलीसँग खेलेको थियो। तर त्यो ५० ओभरको खेल थियो।

    बिहीबार हुने खेल यी दुई टोलीबीचको पहिलो टी(२०आई भिडन्त हुनेछ। १३ वर्षपछि इटलीसँग खेल्दा नेपाल १२ वर्षपछि जितको खोजीमा पनि हुनेछ ।

    नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्धको खेल जितेपछि विश्वकपको खेल जितेको छैन।

    नेपाल रहेको समूह ‘सी’ मा वेस्ट इन्डिजले हालसम्म खेलेका दुवै खेल जितेर ४ अंक जोडिसकेको छ। इंग्ल्यान्ड र स्कटल्यान्डले २ खेलमा २ अंक जोडेका छन्।