आज नेप्से परिसूचक स्थिर, कारोबार रकममा सुधार - Chaitanya News
  • 2026-04-27
  • 11:57:39
  • सोमबार,बैशाख १४, २०८३
  • आज नेप्से परिसूचक स्थिर, कारोबार रकममा सुधार

    आज नेप्से परिसूचक स्थिर, कारोबार रकममा सुधार

    काठमाडौं– आज (बुधबार) नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक स्थिर देखिएको छ। कारोबारको पहिलो समयमा बढेको नेप्से सूचक बन्द हुँदा स्थिर भएको हो।

    यो साता आइतबार १०.२४ अंक घटेको नेप्से सूचक सोमबार २६.०५ अंक घटेको थियो। त्यसैगरी मंगलबार १०.२५ अंक घटेको नेप्से बुधबार ०.०४ अंक घटेको हो। तर, बुधबार नेप्सेको कारोबार रकममा भने केही सुधार आएको छ।

    बुधबार कारोबार सुरु हुँदा २६६२.१४ अंकमा रहेको नेप्से ०.०४ अंक घटेर २६६२.१० बिन्दुमा झरेको छ। नेप्सेमा कारोबार भएका धेरै कम्पनीको सेयर मूल्य घटेको छ। त्यसले गर्दा पनि बजार सूचकमा सुधार आउन नसकेको हो।

    नेप्सेमा यस दिन १ सय ३३ कम्पनीको सेयर मूल्य घटेको छ। त्यसैगरी १ सय १३ कम्पनीको सेयर मूल्य बढेको छ। यस दिन नेप्सेमा कारोबार भएका १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ।

    बुधबार नेप्सेमा कारोबार भएका धेरै समूहगत परिसूचक घटेका छन्। यस दिन वित्त समूह ६.३५, होटल ४७.०७, जीवन बीमा २९.३१, उत्पादनमूलक ४२.५५, लघुवित्त ३.३३, सामूहिक लगानी कोष ०.०७, अन्य ५.७६ र व्यापार ८.७७ अंक घटेका छन्।

    तर, बुधबार नेप्सेमा बैंकिङ समूह १.४९, विकास बैंक १०.१२, जलविद्युत् १६.७५, लगानी ०.०७ र निर्जीवन बीमा ९.६५ अंक बढेका छन्।

    बुधबार नेप्सेमा ३ सय २९ कम्पनीको ८२ हजार ४ सय ५० कारोबारबाट २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। यो कारोबार रकम मंगलबारको तुलनामा धेरै हो।

    मंगलबार नेप्सेमा ३ सय २४ कम्पनीको ८९ हजार ८ सय ३६ कारोबारबाट २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर ८ अर्ब ६१ करोड रुपैयाँमा खरिद बिक्री भएको थियो।