सहसचिवको द्वितीय र तृतीय चरणको परीक्षाका लागि उपस्थित हुन छनौट भएका उम्मेदवारलाई आयोगको अनुरोध, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-02-15
  • 04:03:07
  • शनिबार,फाल्गुण ०२, २०८२
  • सहसचिवको द्वितीय र तृतीय चरणको परीक्षाका लागि उपस्थित हुन छनौट भएका उम्मेदवारलाई आयोगको अनुरोध, हेर्नुहोस् सूचना

    सहसचिवको द्वितीय र तृतीय चरणको परीक्षाका लागि उपस्थित हुन छनौट भएका उम्मेदवारलाई आयोगको अनुरोध, हेर्नुहोस् सूचना

    काठमाडौँ– लोक सेवा आयोगले एक सुचना जारी गर्दै सहसचिव वा सो सरह पदको द्वितीय र तृतीय चरणको परीक्षामा छनौट भएका उम्मेदवारलाई मामिला तयारी र प्रस्तुतीकरणका लागि उपस्थित हुन अनुरोध गरेको छ।

    आयोगको केन्द्रीय कार्यालयले सुचनामा भनेको छ । यही माघ २२ गते न्याय–कानुन, न्याय–सरकारी वकिल, प्रशासन सेवा, लेखा परीक्षण, संघीय संसद सेवा तथा रा।प। प्रथम श्रेणी, सहसचिव पदमा उत्तीर्ण भएका उम्मेदवारहरूलाई मामिला तयारी र प्रस्तुतीकरणको संशोधित सूचना जारी गरी मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि उपस्थित हुन अनुरोध गरेको हो।

    छनौट भएका उम्मेदवारले पासपोर्ट साइजका दुई प्रति फोटो, आवश्यक न्यूनतम योग्यता पुष्टि हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू, साथै दरखास्त फारामको प्रथम र द्वितीय पाना दुई–दुई प्रति भरी यो सूचना प्रकाशन भएको मितिले सात दिनभित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा बुझाउनुपर्नेछ। उक्त प्रमाणपत्रहरूको प्रतिलिपि उम्मेदवार आफैँले प्रमाणित गरी रुजु गराउनुपर्ने आयोगले जनाएको छ।

    आवश्यक न्यूनतम योग्यता तथा अन्य कागजातका प्रमाणपत्र पेस नगरेमा जुनसुकै समयमा दरखास्त रद्द हुन सक्ने आयोगले जनाएको छ। साथै, मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताका दिन उम्मेदवारले सक्कल कागजात र प्रवेश पत्र साथमा लिएर कम्तीमा एक घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनुपर्नेछ।

    मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताको दिन सार्वजनिक बिदा परे पनि कार्यक्रम यथावत् सञ्चालन हुने आयोगले जनाएको छ।