तनहुँमा ६ महिनामा रु ४६ लाख सात हजार राजश्व संकलन - Chaitanya News
  • 2026-04-27
  • 18:09:50
  • सोमबार,बैशाख १४, २०८३
  • तनहुँमा ६ महिनामा रु ४६ लाख सात हजार राजश्व संकलन

    तनहुँमा ६ महिनामा रु ४६ लाख सात हजार राजश्व संकलन

    तनहुँ– एकीकृत सेवा कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को साउन महिनादेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा रु ४६ लाख सात हजार राजश्व संकलन गरेको छ।

    कार्यालयका अनुसार, साउन महिनामा रु सात लाख पन्ध्र हजार, भदौमा रु सात लाख २२ हजार, असोजमा सात लाख ४० हजार, कार्तिकमा रु सात लाख १४ हजार, मङ्सिरमा सात लाख ८८ हजार र पुसमा नौ लाख २५ हजार राजश्व संकलन भएको हो ।

    उक्त अवधिमा ३३५ नयाँ उद्योग दर्ता भएका छन्। उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुई उद्योग दर्ता भएका कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिए। उद्योगतर्फ एक हजार २३ नवीकरण र वाणिज्यतर्फ ९८८ नवीकरण भएका छन्।

    त्यसैगरी, उद्योगतर्फ १०८ वटाको लगत कट्टा र ८१ वटाको संशोधन गरिएको छ भने वाणिज्यतर्फ १०८ वटाको लगत कट्टा र ८३ वटाको संशोधन गरिएको छ।