आज सेयर बजार १०.२५ अंकले घट्यो, कारोबार साढे ११ अर्बमाथि - Chaitanya News
  • 2026-04-27
  • 20:12:55
  • सोमबार,बैशाख १४, २०८३
  • आज सेयर बजार १०.२५ अंकले घट्यो, कारोबार साढे ११ अर्बमाथि

    आज सेयर बजार १०.२५ अंकले घट्यो, कारोबार साढे ११ अर्बमाथि

    काठमाडौं– आज (आइतबार) सेयर बजारमा ०.३७ प्रतिशत गिरावट सहित २६९८.४४ बिन्दुमा झरेको छ।

    आइतबार ‘अन्य’ र लगानी उपसूचक बाहेक अन्य सबै उपसूचकको मूल्य घटेको छ आज सबैभन्दा धेरै २.१३ होटल र पर्यटन उपसूचकका लगानीकर्ताले गुमाएका छन्। आइतबार कुल ३ सय ३० धितोपत्रको १ लाख ११ हजार ९ सय ७८ कारोबारबाट २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता सेयर किनबेच भएको छ। आइतबार कुल ११ अर्ब ६५ करोड ९७ लाख बराबर कारोबार भएको देखिएको छ।

    आज सबैभन्दा धेरै १० प्रतिशतले सुपर माई हाइड्रोपावरको मूल्य बढेको छ। यसबाहेक रिडी पावर कम्पनी, खानीखोला हाइड्रो, हिमालयन हाइड्रोपावर सहित धितोपत्रका लगानीकर्ताले समेत आज धेरै कमाएका छन्।

    कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाए। यस धितोपत्रको मूल्य ८.९१ प्रतिशतले घटेको छ। यसबाहेक कर्पोरेट विकास बैंक, नारायणी विकास बैंकसहित धितोपत्रको मूल्य धेरैले घटेको छ। सुपर मादी हाइड्रोको आज सबैभन्दा धेरै कारोबार भएको छ।