काठमाडौँ– समताको दोस्रो दिन आज (सोमबार) पनि सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ३ लाख कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको हो।
बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च भएकामा फेरि घटिरहेको हो।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।