काठमाडौं– आईसीसी पुरुष टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा आयोजना हुने भएको छ । क्रिकेटका परम्परागत शक्तिहरुबीच यसपटक ९ एसोसिएट राष्ट्र पनि छन्, जसले प्रतियोगितालाई अझ खुल्ला र सोमाञ्चक बनाउने अपेक्षा गरिएको छ । यी टोलीहरु अब केवल सहभागितामै सीमित छैनन् बरु ठूला राष्ट्रहरुका लागि सम्भावित खतरा पनि बन्ने संकेत बन्दै गएको छ ।
उेतिहासिक डेब्युसँग इटलीको नयाँ परिचय:
फुटबलको नामले चिनिने इटलीले क्रिकेटमा नयाँ इतिहास लेख्दै पहिलो पटक टी–२० विश्पकपमा भाग लिएको छ । युरोपियन सब– रिजनल छनोट हुादै युरोप रिजनल छनोट पार गर्ने क्रममा स्कटल्यान्डलाई हराउँदै इटलीले आफू संयोगवश होइन,क्षमताका आधारमा यहाँ आएको सनदेश दिको छ । वायन म्याड्सेनको कप्तानीमा रहेको टोलीमा दक्षिण अफ्रिकाका अनुभवी जेजे स्मट्सको
उपस्थितिले इटलीलाई अझ सन्तुलित बनाएको छ । जसअनुसार, समूह सी मा इंग्लयान्ड, नेपाल,स्कटल्यान्ड र वेस्ट इन्डियासँग खेल्दै इटली विश्वकपको नयाँ कथाकार बन्न चाहन्छ ।
क्यानडास् ऐतिहासिक जितको आत्मविश्वास बोकेर;
सन् २०२४ को विश्वकपमा आयरल्यान्डलाई हराएर सबैको ध्यान खिचेको क्यानडा यसपटक झनै आत्मविश्वासी देखिन्छ। अमेरिका रिजनल छनोटमा अपराजित रहँदै विश्वकपको टिकट काटेको क्यानडाले अब आफूलाई ‘सप्राइज टिम’को भूमिकामा सीमित राख्न चाहँदैन।
शिवम शर्माको बलिङ र युवा कप्तान दिलप्रीत बाजवाको नेतृत्व क्यानडाका मुख्य हतियार हुन्। समूह ‘डी’ मा अफगानिस्तान, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाजस्ता टोलीसँग खेल्दा क्यानडाको वास्तविक परीक्षा हुनेछ।
नामिबिया: निरन्तरताको उदाहरण
लगातार चौथोपटक टी–२० विश्वकप खेल्न लागेको नामिबिया एसोसिएट क्रिकेटको सबैभन्दा स्थिर टोलीमध्ये एक हो। अफ्रिका छनोटमा जेजे स्मिटको अलराउन्ड प्रदर्शनले नामिबियालाई फेरि विश्वकपको ढोकासम्म पुर्यायो।
कप्तान जेरार्ड एरासमसको नेतृत्वमा अनुभवी र युवा खेलाडीको संयोजन नामिबियाको बलियो पक्ष हो। समूह ‘ए’ मा भारत र पाकिस्तानसँग खेल्दा नामिबिया फेरि ‘अपसेट’को खोजीमा हुनेछ।
नेपाल: क्लोज फिनिसको टोली, ठूलो सपना
एसिया–इएपी छनोटमा अपराजित रहँदै विश्वकप पुगेको नेपाल पछिल्ला वर्षहरूमा एसोसिएट क्रिकेटको सबैभन्दा रोमाञ्चक टोली बनेको छ। अन्तिम ओभरसम्म जाने खेलहरूमा जित निकाल्ने क्षमताले नेपाललाई खतरनाक बनाएको छ।
रोहित पौडेलको कप्तानी र दीपेन्द्रसिंह ऐरीको अलराउन्ड क्षमतामा भर परेको नेपाल समूह ‘सी’ बाट पहिलो पटक समूह चरण पार गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ।
नेदरल्यान्ड्स: अनुभव र आत्मविश्वासको संयोजन
सातौं पटक टी–२० विश्वकप खेल्न लागेको नेदरल्यान्ड्स एसोसिएट होइन, स्थापित चुनौतीको रूपमा हेरिन थालिएको टोली हो । दुई पटक समूह चरण पार गरिसकेको अनुभव यसपटक पनि डच टोलीको ठूलो शक्ति हुनेछ।
स्कट एड्वार्ड्सको कप्तानीमा नेदरल्यान्ड्स समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै फेरि इतिहास दोहोर्याउने प्रयासमा हुनेछ।
ओमान:अनुभव नै बल
चौथोपटक विश्वकपमा पुगेको ओमान एसिया क्षेत्रको भरपर्दो टोली बनेको छ । जतिन्दर सिंहको कप्तानीमा अनुभवी खेलाडीहरूले भरिएको ओमान समूह ‘बी’ मा अष्ट्रेलिया र श्रीलंकाजस्ता टोलीसँग खेल्दै आफ्नो अनुभवको परीक्षा दिनेछ ।
स्कटल्यान्ड:अवसरलाई चुनौतीमा बदल्ने तयारी
सिधै छनोट नभए पनि टी–२० वरियताका आधारमा विश्वकपमा स्थान बनाएको स्कटल्यान्ड सातौं पटक प्रतियोगिता खेल्दैछ । भारतमा खेल्नुपर्ने चुनौतीका लागि टोली तयार रहेको स्कटल्यान्ड क्रिकेटको विश्वास छ ।
यूएई: अन्तिम क्षणको टिकट, ठूलो आत्मबल
सुपर सिक्सको अन्तिम खेल जित्दै २०औं टोलीका रूपमा विश्वकप पुगेको यूएईले कठिन परिस्थितिमा पनि नतिजा निकाल्न सक्ने क्षमता देखाएको छ । अलिशान शराफुको ब्याटिङ यूएईको प्रमुख हतियार हो ।
अमेरिका: घरेलु इतिहासको निरन्तरता खोज्दै
सन् २०२४ मा पाकिस्तानलाई हराएर विश्व क्रिकेटमा तरंग ल्याएको अमेरिका यसपटक सिधै विश्वकपमा प्रवेश गरेको छ । प्रशिक्षक पुबुदु दासानायकेको नेतृत्वमा अमेरिका फेरि ठूलो टोलीहरूलाई चकित पार्ने लक्ष्यमा छ ।
टी–२० विश्वकप २०२६ अब केवल ठूला राष्ट्रहरूको प्रतिस्पर्धा मात्र होइन । यी ९ एसोसिएट राष्ट्रहरूले देखाएको यात्रा, संघर्ष र आत्मविश्वासले विश्वकपलाई अझ अनिश्चित र रोमाञ्चक बनाउनेछ । अब प्रश्न एउटै छ—कुन एसोसिएट टोलीले यसपटक विश्वकपको कथामा सबैभन्दा ठूलो मोड ल्याउनेछ ?