छ महिनाको अवधिमा वीरगञ्ज हुँदै सात अर्ब ६४ करोडको दलहन भित्रियो - Chaitanya News
  • 2026-05-01
  • 05:25:57
  • बिहिबार,बैशाख १७, २०८३
  • छ महिनाको अवधिमा वीरगञ्ज हुँदै सात अर्ब ६४ करोडको दलहन भित्रियो

    छ महिनाको अवधिमा वीरगञ्ज हुँदै सात अर्ब ६४ करोडको दलहन भित्रियो

    वीरगञ्ज (पर्सा)– वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु सात अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिए बताएका छन् । उनका अनुसार, गत आर्थिक वर्षको छ महिनामा रु एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो ।

    गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा ३१ प्रतिशतले आयात बढेको अधिकारी विष्टले जानकारी दिए। जबकि गत आवको छ महिनामा भने सात थरिका दलहन खाद्यान्न रु पाँच अर्ब ८३ करोडको आयात भएको थियो । चालु आवको छ महिनामा रु तीन अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ।

    त्यस्तै सोही अवधिमा रु एक अर्ब १७ करोड मूल्य पर्ने सिमीरराज्मा आयात भएको छ। चालु आवको छ महिनामा रु एक अर्ब १४ करोड मूल्यको चना आयात भएको छ।

    त्यसैगरी, रु एक अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ। रू २७ करोड बराबर रहरको दाल र रु १६ करोड मूल्यको केराउ आयात भएको छ। त्यस्तै रु पाँच करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको छ।