प्रतिनिधि सभा निर्वाचन: प्रत्यक्षतर्फ १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न - Chaitanya News
  • 2026-04-26
  • 16:07:22
  • आइतबार,बैशाख १३, २०८३
  • प्रतिनिधि सभा निर्वाचन: प्रत्यक्षतर्फ १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

    प्रतिनिधि सभा निर्वाचन: प्रत्यक्षतर्फ १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

    काठमाडौँ– निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको जानकारी दिएको छ। हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको आयोगले जाएको छ।

    आयोगका अनुसार, मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ। डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ। त्यसैगरी, दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेतको १ र २, रुकुमपश्चिम, बाजुरा र अछामको क्षेत्र नं १ र २, कैलाली क्षेत्र नं १, झापा क्षेत्र नं ५ र सुनसरीको क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ।

    नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ।

    समानुपातिकतर्फको दुई करोड आठ लाख ३० मतपत्र छपाइ सम्पन्न भइसकेको छ।