फागुन २१ को निर्वाचनपछि नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड - Chaitanya News
  • 2026-04-26
  • 17:17:15
  • आइतबार,बैशाख १३, २०८३
  • फागुन २१ को निर्वाचनपछि नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड

    फागुन २१ को निर्वाचनपछि नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड

    काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचनपछि आफूहरूको पार्टी पहिलो बन्न सक्ने सम्भावना रहेको बताएका छन्।

    आज (शुक्रबार) रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    स्वच्छ,निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न भए नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको बताएका हुन्।

    संयोजक प्रचण्डले देश आफूहरूले भनेतिरै गइरहेको र निर्वाचनको माहोलमा देश गइसकेको भएपनि एकथरी मानिस अनेक बहानामा निर्वाचन हुँदैन भन्ने गरेको र अर्को थरीले निर्वाचनलाई क्याप्चर नै गर्न खोजिरहेको पनि बताए।

    ‘मैले के देखेको छु भने नेपाली कम्युनिष्ट पार्टी समानुपातिकमा त म भन्न सक्दिनँ, किनभने नयाँ भन्नेको हावा चलेकै छ’, प्रचण्डले भने, ‘तर प्रत्यक्षमा हामी अगाडी हुन्छौँ। प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मेहेनत गर्‍यौँ भने एक नम्बर पार्टी नेकपा बन्ने सम्भावना छ।’

    उनले नेकपा एक नम्बर पार्टी हुन सके आउने ५ वर्षमा देशलाई समृद्धिको सपनातिर डोर्‍याउन सकिने बताए।