विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छन् : रास्वपा - Chaitanya News
  • 2026-11-03
  • 16:47:55
  • मंगलबार,कार्तिक १८, २०८३
  • विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छन् : रास्वपा

    विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छन् : रास्वपा

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने विश्वास व्यक्त गरेको छ।

    आज (शुक्रबार) सहिद दिवसको अवसरमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै जारी गरेको सन्देशमा रास्वपाले सहिद दिवसले सुशासन र समृद्धिको यात्रामा एकताबद्ध हुन प्रेरणा दिने अपेक्षासमेत व्यक्त गरेको छ। सन्देशमा सहिदहरूको बलिदान राजनीतिक परिवर्तन मात्र नभई सुशासन, न्याय र समृद्धिसँग जोडिएको उल्लेख गरिएको छ।

    सन्देशमार्फत पार्टीका उपसभापति डोलप्रसाद ९डीपी०अर्यालले आगामी फागुन २१ गतेको निर्वाचनलाई नयाँ आशा र नेतृत्व उदयको प्रस्थान विन्दुका रूपमा समेत व्याख्या गर्नुभएको छ। “निरंकुश राणाशासनको अन्त्यसहित नेपालको राजनीतिक आन्दोलन एवं जनअधिकार प्राप्ति र सामाजिक न्यायका लागि भएका संघर्षहरूमा अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर सहिदहरूको गहिरो स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ”, सन्देशमा भनिएको छ, “सहिदको बलिदानको वास्तविक सम्मान भनेको राष्ट्रिय स्वाभिमान, एकता र जनअपेक्षाको यथोचित सम्बोधन हो।”