आजको तरकारी र फलफूलको मूल्य कति? - Chaitanya News
  • 2026-06-13
  • 06:39:56
  • शनिबार,जेठ ३०, २०८३
  • आजको तरकारी र फलफूलको मूल्य कति?

    आजको तरकारी र फलफूलको मूल्य कति?

    काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) फलफूल तथा तरकारीको मूल्य तोकेको छ।

    समितिकाकाअनुसार रातो आलु ४८ रुपैयाँ प्रतिकेजी तोकिएको छ भने गोलभेँडा ठूलोको मूल्य प्रतिकेजी ४० रुपैयाँ कायम गरिएको छ। यो समितिले दिएको न्यूनतम मूल्य हो।

    यस्तै कन्य च्याउ प्रतिकेजी १८० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ। ब्रोकाउली ५० रुपैयाँ, रातो बन्दा ८० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ७० रुपैयाँ रहेको छ।

    यसैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ। राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौँला ९० रुपैयाँ, तिते करेला ८० रुपैयाँ, प्याज सुकेको ५० रुपैयाँ, भिण्डी ८० रुपैयाँ, नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनियाँ ९० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ।