यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर - Chaitanya News
  • 2026-05-01
  • 08:17:39
  • शुक्रबार,बैशाख १८, २०८३
  • यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ– आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलर एकको खरिददर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९२ पैसा तोकिएको छ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रुपैयाँ २१ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा तोकिएको छ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९८ पैसा र बिक्रीदर २१ रुपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३९ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १५ पैसा र बिक्रीदर ४० रुपैयाँ ३१ पैसा कायम भएको छ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १५ पैसा र बिक्रीदर १६ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९२ पैसा र बिक्रीदर २३ रुपैयाँ ०१ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४८० रुपैयाँ ६८ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ६४ पैसा रहेको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।