कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत - Chaitanya News
  • 2026-04-26
  • 20:57:59
  • आइतबार,बैशाख १३, २०८३
  • कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत

    कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत

    काठमाडौं– सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ।

    सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाम सूचीकृत गरेको हो। वर्तमान सरकारले असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको छ।

    मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् सहित निकायलाई निर्देशन दिएको थियो।

    सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजना अनुसार यस संरचनामा थप १० अर्ब रुपैयाँ लगानी गर्ने योजना छ। त्यसपछि यो रंगशालाको क्षमता अभिवृद्धि भएर अत्याधुनिक बन्ने छ।