आज सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो, कतिमा हुँदै छ कारोबार ? - Chaitanya News
  • 2026-05-01
  • 21:07:08
  • शुक्रबार,बैशाख १८, २०८३
  • आज सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो, कतिमा हुँदै छ कारोबार ?

    आज सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ– आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य लामा २८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ।

    शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको थियो। यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघको भनाइ छ।