आज ४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार - Chaitanya News
  • 2026-05-02
  • 05:40:05
  • शुक्रबार,बैशाख १८, २०८३
  • आज ४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार

    आज ४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार

    काठमाडौं– साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार ४.५९ अंक बढेको छ।

    कारोबारका क्रममा दिनभर प्रायः रातो रहेको बजार अन्तिम आधा घण्टामा बढेको हो। आजको वृद्धिपछि नेप्से २६४० अंकमा कायम भएको छ कारोबार रकम केही घटेको छ। अघिल्लो दिन ५ अर्ब १७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९० करोडको भयो।

    १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो। सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो। बैंकिङ ०।३०, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४०, हाइड्रोपावर ०.३२, जीवन बीमा ०।३३, उत्पादन तथा प्रशोधन ०.४९, निर्जीवन बीमा ०.२६ प्रतिशत बढे।

    फाइनान्स ०.४४, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०३, अन्य ०.०७ तथा व्यापार ०.२२ प्रतिशत घटे।

    सान्भी इनर्जीको मूल्य सबैभन्दा धेरै ८.१६ प्रतिशत बढ्यो। त्यस्तै एसवाई प्यानलको ५.७१, खानीखोला हाइड्रोपावरको ४.६३, श्रीनगर एग्रिटेकको ४.४२, आँखुखोला जलविद्युतको ३.८८ प्रतिशत मूल्य बढ्यो।

    सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.९ प्रतिशत घट्यो। इङवा हाइड्रोपावरको २.७१ तथा गणपति लघुवित्तको २.५३ प्रतिशत घट्यो।

    आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, बन्दीपुर केबुलकार, सान्भी इनर्जी, सागर डिस्टिलरी र शिवम् सिमेन्ट छन्।