काठमाडौँ– निम्न माध्यमिक तहको शिक्षक पदका लागि उम्मेदवार सिफारिस गरिएको छ। शिक्षक सेवा आयोगले एक सुचना जारी गर्दै निम्न माध्यमिक तहको शिक्षक पदका लागि उम्मेदवार सिफारिस गरेको हो ।
आयोगबाट मिति २०८१–१२ –१४ गते प्रकाशित विज्ञापन अन्तर्गत निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि मिति २०८२–०२–१६ देखि १८ गतेसम्म सञ्चालित लिखित तथा अन्तरवार्तामा प्राप्त प्राप्तांकका आधारमा उनीहरूलाई सिफारिस गरिएको हो।
कोशी प्रदेशबाट नेपाली, विज्ञान, सामाजिक, गणित र विज्ञान विषयमा सफल भएका उम्मेदवारहरूको नाम स्थायी नियुक्तिका लागि सिफारिस गरिएको आयोगले जनाएको छ।
![]()