काठमाडौँ– आज (आइतबार) सुनको मूल्य २१ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो।
शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो । आइतबार यो मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ तोकिएको छ।
त्यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो। आइतबार यो मूल्य ४ हजार ५०० रुपैयाँ कायम भएको छ।
महासंघले अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ। शुक्रबार र शनिबार अन्तराष्ट्रिय बजारमा मूल्य सामान्य घट्दा यसको प्रभाव नेपाली बजारमा परेको हो।