आजबाट रसुवागढी नाका सञ्चालनमा - Chaitanya News
  • 2026-05-01
  • 23:41:17
  • शुक्रबार,बैशाख १८, २०८३
  • आजबाट रसुवागढी नाका सञ्चालनमा

    आजबाट रसुवागढी नाका सञ्चालनमा

    काठमाडौँ– रसुवागढी नाका करिब ६ महिना पछि आजबाट सञ्चालनमा आएको छ। रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार आजदेखि सो नाकाबाट पूर्ण रूपमा सवारी साधन सञ्चालनमा आएका हुन्।

    चीन–नेपाल जोड्ने ल्हेन्दे खोलाको पुल गत असारमा बाढीले बगाएँसँगै रसुवागढी नाका अवरुद्ध बनेको थियो। बाढीले पक्की पुल बगाएपछि रसुवागढी नाका २४ असारदेखि ठप्प थियो। चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै नाका खुलेको हो।

    बेलिब्रिज एकतर्फी र साँघुरो भएकाले पहिलाकै संख्यामा कन्टेनर आउने र त्यति नै संख्यामा उता पठाउन नमिल्ने भएको छ। पुलका कारण भारवहन क्षमता बढी भएका सवारीसाधन पनि आउने छैनन्। रसुवागढी नाकादेखि स्याफ्रुबेंसीसम्म करिब १६ किलोमिटरमा गत असारमा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर लामो समय सडक अवरुद्ध थियो ।