आईसीसी पुरुष टी–२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी ५ देखि ७ सम्म हुने - Chaitanya News
  • 2026-04-28
  • 05:18:12
  • सोमबार,बैशाख १४, २०८३
  • आईसीसी पुरुष टी–२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी ५ देखि ७ सम्म हुने

    आईसीसी पुरुष टी–२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी ५ देखि ७ सम्म हुने

    काठमाडौं– भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा जनवरी ५ देखि ७ सम्म आयोजना हुने भएको छ।

    नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ।

    ट्रफी टुरका क्रममा क्रिकेट प्रेमीहरूले विश्वकप ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउने छन्।

    नेपालमा यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी पनि ल्याइएको थियो। त्यतिबेला काठमाडौं र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो। टी–२० विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याउन लागिएको हो।

    डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट औपचारिक रूपमा ट्रफी टुर सुरु गरिएको छ।