सुनको मूल्यमा हालसम्मकै गिरावट, आज एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो - Chaitanya News
  • 2026-09-04
  • 11:58:47
  • शुक्रबार,भाद्र १९, २०८३
  • सुनको मूल्यमा हालसम्मकै गिरावट, आज एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो

    सुनको मूल्यमा हालसम्मकै गिरावट, आज एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो

    काठमाडौँ– आज साताको तेस्रो दिन (मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ६२ हजार एक रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सोमबार सुनको मूल्य तोलामा दुई लाख ७० हजारमा कायम भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा तीन सय पाँच रुपैयाँले घटेर चार हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य तोलाको चार हजार आठ सय ९५ रुपैयाँमा कायम भएको थियो।