६ महिनाको अवधिमा काठमाडौँ महानगरको खर्च १८.४९ प्रतिशत मात्र - Chaitanya News
  • 2026-05-02
  • 00:50:40
  • शुक्रबार,बैशाख १८, २०८३
  • ६ महिनाको अवधिमा काठमाडौँ महानगरको खर्च १८.४९ प्रतिशत मात्र

    ६ महिनाको अवधिमा काठमाडौँ महानगरको खर्च १८.४९ प्रतिशत मात्र

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्ष २०८२–०८३ को पुस ९ गतेसम्मको खर्च विवरण सार्वजनिक गरेको छ। आज भएको काठमाडौँ महानगरपालिकाको १८ औँ अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले नगर सभामा प्रस्तुत गरेको प्रतिवेदन अनुसार जम्मा १८.४९ प्रतिशत खर्च भएको हो ।

    कुल २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेटमध्ये हालसम्म ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपै मात्र खर्च भएको उनले जानकारी दिएकी छिन्।

    खर्चको प्रकृति हेर्दा चालू तर्फ २४.४४ प्रतिशत र पुँजीगत विकास तर्फ १२.३९ प्रतिशत खर्च भएको देखिन्छ। सबैभन्दा बढी खर्च प्रशासनिक क्षेत्रमा ४५.९९ प्रतिशत भएको छ।