काठमाडौँ – तीन जना निजामती कर्मचारी सहसचिव पदमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सचिवालयले तीन जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरेको हो।
आज (बिहीवार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरिएको जनाएको हो।
बढुवा समितिको बुधवारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, इरिगेशन उपसमूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत २ जना र नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, हाइड्रोलोजी उपसमूह राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत १ जना कर्मचारी बढुवा सिफारिस सूचीमा उल्लेख गरिएको छ।
![]()