मन्त्री पुनले भने: ‘युवापुस्ता ज्यान फालेर चुनावमा लाग्नुपर्‍यो, काठमाडौँमा जुलुस निकाले केही हुनेवाला छैन’ - Chaitanya News
  • 2026-05-07
  • 17:33:24
  • बिहिबार,बैशाख २४, २०८३
  • मन्त्री पुनले भने: ‘युवापुस्ता ज्यान फालेर चुनावमा लाग्नुपर्‍यो, काठमाडौँमा जुलुस निकाले केही हुनेवाला छैन’

    मन्त्री पुनले भने: ‘युवापुस्ता ज्यान फालेर चुनावमा लाग्नुपर्‍यो, काठमाडौँमा जुलुस निकाले केही हुनेवाला छैन’

    काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले युवापुस्तालाई अगामी हुने चुनावको तयारीमा लाग्न आह्वान गरेका छन्।

    आज (सोमबार) सिंहदरवारमा बसेको सर्वपक्षीय बैठकमा मन्त्री पुनले राजनीतिक दल, नागरिक समाज, नेपाल सरकार र निर्वाचन आयोगबीच करिब ६ घण्टा लामो छलफल भए पनि विदेशमा बस्ने नेपालीलाई भोट दिन सक्ने व्यवस्थाको प्रस्तावमा सहमति नजुटेको बताए। अबको नेतृत्व युवापुस्ताले नै सम्हाल्नुपर्ने बताएका हुन्।

    मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन् ‘कुनै पनि समस्याको निकासको लागि सिर्जनशील र ठोस राय दिन नसक्ने पार्टीहरू, नेताहरू, नागरिक समाज र सरकारले देशलाई डुबाउँछन्। त्यसैले युवापुस्ताले नेतृत्व समाल्न आगामी चुनावमा ज्यान फालेर लाग्नुपर्‍यो । काठमाडौँमा जुलुस निकालेर केही हुनेवाला छैन।’

    पुनले कुनै पनि समस्याको समाधानका लागि सृजनशील सुझाव दिन नसक्ने राजनीतिक दल, नेताहरू, नागरिक समाज र सरकारकै कारण देश संकटतर्फ धकेलिने चेतावनीसमेत दिएका छन्।