राष्ट्रिय सभा निर्वाचनको लागि मधेशमा चुनाव जित्न गठबन्धन अनिवार्य - Chaitanya News
  • 2026-05-07
  • 17:33:44
  • बिहिबार,बैशाख २४, २०८३
  • राष्ट्रिय सभा निर्वाचनको लागि मधेशमा चुनाव जित्न गठबन्धन अनिवार्य

    राष्ट्रिय सभा निर्वाचनको लागि मधेशमा चुनाव जित्न गठबन्धन अनिवार्य

    काठमाडौं– राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेशगत मतभार तयार भएको छ। निर्वाचन आयोगले निर्धारण गरेको मतभार अनुसार मधेश प्रदेशमा १० हजार ८३९ मतभार छ।

    मधेश प्रदेशमा १०७ प्रदेश सांसद र १३६ स्थानीय तहका २७२ प्रमुख र उपप्रमुख मतदाता छन्।

    प्रदेश सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का ९, माओवादीका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीका १–१ प्रदेश सांसद छन्।

    मतभारमा कांग्रेस अगाडि छ। त्यसपछि एमाले छ। तेस्रोमा जसपा नेपाल छ। चौथोमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी छ। तर, कांग्रेस, एमाले र जसपा नेपालको तुलनामा निकै पछाडि छ।

    राष्ट्रियसभा सदस्यको निर्वाचनमा ठूला दलबीच एक्ला एक्लै प्रतिस्पर्धा हुने हो भने पनि साना दलको साथ अनिवार्य छ। जसमा जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी, जनमत, लोसपा लगायतका दलहरू निर्णायक हुनेछन्।

    राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ। निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ ।

    मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन–रउजुरी माथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

    पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ ।

    पुस २४ गते विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता चाहनलेलाई समय दिने, र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

    पुस २८ गते उम्मेदवारले निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट पाउनेछन्।

    माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

    दल प्रदेश स्थानीय तह कुल मतभार
    एमाले २५ ५७ २४०८
    कांग्रेस २२ १०२ ३१०४
    जसपा नेपाल १९ ५१ १९२३
    जनमत १३ ७४६
    लोसपा २४ ९३३
    माओवादी १८ ७६६
    एकीकृत समाजवादी ११ ५८०
    नाउपा ५३
    राप्रपा ५३
    संघीय समाजवादी ५३
    तमलोपा १९
    विवेकशिल साझा पार्टी ३८
    स्वतन्त्र ३७५
    जम्मा  १०७ (मतभार ५६७१)  २७२ (मतभार ५१६८)  १०,८३९