नागरिक उड्डयन प्राधिकरणका कार्यवाहक महानिर्देशकको जिम्मेवारी देव चन्द्रलाल कर्णलाई - Chaitanya News
  • 2026-10-12
  • 20:14:00
  • सोमबार,आश्विन २६, २०८३
  • नागरिक उड्डयन प्राधिकरणका कार्यवाहक महानिर्देशकको जिम्मेवारी देव चन्द्रलाल कर्णलाई

    नागरिक उड्डयन प्राधिकरणका कार्यवाहक महानिर्देशकको जिम्मेवारी देव चन्द्रलाल कर्णलाई

    काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यवाहक महानिर्देशकमा देव चन्द्रलाल कर्ण नियुक्त भएका छन् ।

    आज (शुक्रबार) उनले प्राधिकरण पुगेर कार्यभार सम्हालेका छन्। उनी १२औँ तहका उपमहानिर्देशक हुन्।

    यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक प्रदीप अधिकारीलाई नलिनचोक हेलीपोर्टमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै निलम्बनमा परेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई निमित्त दिइएको थियो।

    तर अहिले मन्त्रालयले प्राधिकरणभित्रबाटै कार्यवाहक महानिर्देशक नियुक्त गरेको हो।