Chaitanyakhabar
काठमाडौँ– नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। उनले १ हजार ६सय ६२ मत पाएका हुन्।
उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन्।
मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगका एक सदस्यले बताए।
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई पार्टीले सदस्यका रूपमा चिन्दैन’ : गगन थापा
सेयर बजार करिब ४ महिनाकै न्यून बिन्दुमा झर्यो
कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको शिक्षा मन्त्रालयको दाबी
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिवको निर्देशन
काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगन थापाले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका छन्। झापामा आयोजित कार्यक्रममा उनले पार्टीभित्रको इतर समूहका नेताहरूलाई संकेत गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्। पूर्व सभापति शेरबहादुर देउवा र डा। शेखर कोइराला समूहका केही नेताहरूले सदस्यता अद्यावधिक नगरेको सन्दर्भ उल्लेख गर्दै थापाले पार्टी अब प्रणालीमा आधारित ढंगले…
काठमाडौं– आज (मंगलबार) सेयर बजार करिब ४ महिनाकै न्यूनतम बिन्दुमा झरेको छ। यस दिन नेप्से परिसूचक २६.१६ अंक घटेको हो। अघिल्लो दिन १.४६ अंक घटेको थियो। आजको कारोबारपछि नेप्से परिसूचक २६७४ अंकमा कायम भएको छ। यो अंक फागुन १७ यताकै न्यून हो। फागुन १७ गते नेप्से २७७३ अंकमा थियो। आज बजार परिसूचक दिनभरजसो रातो रह्य।…
काठमाडौँ– शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। सिंहदरबारमा मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नतिजामा त्रुटि र लापरबाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै भएको बताएका हुन्। उनले शिक्षकहरूलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढेको र छिटो नजिता प्रकाशन…
काठमाडौँ– नायव निरीक्षक (स्टाफ नर्स)पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ। आज (मंगलबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै नायव निरीक्षक (स्टाफ नर्स)पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको जानकारी दिएको हो। आयोगले सशस्त्र प्रहरी बल, नेपालको वि।नं। १२–०८२–८३ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, प्राविधिक समूह, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदको लिखित…
काठमाडौँ– आज (मंगलबार) एक सूचना जारी गर्दै लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले सशस्त्र प्रहरी बल, नेपालको वि.नं.११–०८२–८३ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, प्राविधिक समूह, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। यस्तै आयोगले सशस्त्र प्रहरी बल, नेपालको वि.नं. १२–०८२–८३ (खुला तथा…
धनगढी– नेकपा एमाले सुदूरपश्चिमले पनि प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएको छ। आइतबार बसेको प्रदेश कमिटि बैठकले बजेटप्रति असहमति जनाउँदै संशोधन गर्न माग गरेको छ। संयुक्त सरकारको सहमति र नीति–कार्यक्रम विपरीत एकलौटी गरेको भन्दै एमालेले असहमति राखेको छ। बजेटमा आवश्यक संशोधन नभए संयुक्त सरकारमा सहभागी हुन नसक्ने निर्णय समेत बैठकले गरेको छ।…