मतगणना अपडेटः लेखराज भट्टले पाए सर्वाधिक मत, शीर्ष ३ मा विष्णु रिमाल परेनन् - Chaitanya News
  • 2026-05-07
  • 19:45:00
  • बिहिबार,बैशाख २४, २०८३
  • मतगणना अपडेटः लेखराज भट्टले पाए सर्वाधिक मत, शीर्ष ३ मा विष्णु रिमाल परेनन्

    मतगणना अपडेटः लेखराज भट्टले पाए सर्वाधिक मत, शीर्ष ३ मा विष्णु रिमाल परेनन्

    काठमाडौँ– नेकपा एमालेको जारी मतगणनामा उपमहासचिवतर्फ लेखराज भट्टले सर्वाधिक मत पाएका छन्। उनले ४४० मत पाउँदा योगेश भट्टराईले ४०४ र रघुवीर महासेठले ३९३ मत पाएका छन्।

    एमाले विधानअनुसार उपमहासचिवमा ३ जना निर्वाचित हुने व्यवस्था छ। तर, जारी मतगणनामा उपमहासचिवमा उम्मेदवार विष्णु प्रसाद रिमाल शीर्ष तीनमा अटाउन सकेका छैनन्। उनले ३२५ मत पाएका छन्। यसैगरी आनन्द प्रसाद पोखरेलले २०४ मत पाउँदा वैजनाथ चौधरीले १५१ मत पाएका छन्।