एमाले महाधिवेशनः साढे ११ बजेसम्म ३०० भन्दा बढी खस्यो मत, नतिजा आजै - Chaitanya News
  • 2026-05-07
  • 20:38:07
  • बिहिबार,बैशाख २४, २०८३
  • एमाले महाधिवेशनः साढे ११ बजेसम्म ३०० भन्दा बढी खस्यो मत, नतिजा आजै

    एमाले महाधिवेशनः साढे ११ बजेसम्म ३०० भन्दा बढी खस्यो मत, नतिजा आजै

    काठमाडौं– नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ। एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यो जानकारी दिएका हुन्।

    गौतमका अनुसार काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो। एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरु छन्। यस हिसाबले मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान छ।

    मतदानको सुरुवात शीर्ष नेताहरुले गरेका थिए। अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गरेका थिए। उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।

    एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेसिन प्रयोग गरिएको छ। मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ।‍

    प्रतिनिधिहरु लामबद्ध भएर पालैपालो मत खसालिरहेका छन्। प्रतिनिधिहरुको लाइनमा पुगेर उम्मेदवारहरुले भोट मागिरहेका छन्।