एमाले ११औँ महाधिवेशन: उम्मेदवारको अन्तिम नामावली सार्वजनिक - Chaitanya News
  • 2026-06-23
  • 18:55:29
  • मंगलबार,आषाढ ०९, २०८३
  • एमाले ११औँ महाधिवेशन: उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

    एमाले ११औँ महाधिवेशन: उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

    काठमाडौँ– नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ।

    केन्द्रीय निर्वाचन समितिले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानबिनपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो।

    सार्वजनिक गरेको नामावली अनुसार, अध्यक्ष पदमा दुई जना निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ।

    १ महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन भएको छ। ५ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ। ३ उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी छ। ९ सचिवका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ।

    एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको छ।

    आयोगका अध्यक्ष डा. विजय सुब्बाले ८० वटा मेसिनबाट मतदानको व्यवस्था गर्न लागिएको बताए। २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि निर्वाचनमा भाग लिँदैछन्।